सेयर बजार : वित्त समूहको उपसूचक सबैभन्दा धेरै बढ्दा जीवन बीमा, लघुवित्त र म्युचल फण्डको घट्यो

सेयर बजार : वित्त समूहको उपसूचक सबैभन्दा धेरै बढ्दा जीवन बीमा, लघुवित्त र म्युचल फण्डको घट्यो

काठमाडौँ : दिनभर उतारचढावकाबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कले बढेर बजार बन्द हुँदा तीन उप समूहको परिसूचक घट्यो। बुधवारको बजारमा

जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। बुधवार वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढ्यो
बैङ्किङ शून्य दशमलव ७२, विकास बैङ्क तीन दशमलव ०७, होटेल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेर बजार बन्द भयो।    

बुधवार नौ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको थियो। कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भयो।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भयो।  

साउन ३०, २०८१ बुधबार १५:४०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।