'जनयुद्ध' नभनेको भन्दै नेताहरूसँग रिसाए प्रचण्ड

'जनयुद्ध' नभनेको भन्दै नेताहरूसँग रिसाए प्रचण्ड

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको प्रतिनिधि सभा बैठकमा दलका नेताहरूले माओवादी सशस्त्र द्वन्द्वलाई जनयुद्ध नभनेको भन्दै असन्तुष्टि जनाए।

उनले आफूअघि बोलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई संकेत गर्दै माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरिएकोमा प्रचण्डको आपत्ति जनाए। 

प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले संविधानसभाको व्याख्यात्मक टिप्पणी नभुल्न अनुरोध गरे।

उनले भने, 'अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ। माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तै गर्नुहुन्छ।'

संविधान सभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले थपे, 'जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ।'

साउन २९, २०८१ बुधबार १५:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।