रौतहटमा ७४ वर्षीय पुरुषको शव धान खेतमा भेटियो, धारिलो हतियार प्रयोग गरि हत्या भएको आशंका

रौतहटमा ७४ वर्षीय पुरुषको शव धान खेतमा भेटियो, धारिलो हतियार प्रयोग गरि हत्या भएको आशंका

काठमाडौं : रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या भएको छ। 

गौर नगरपालिका -५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा शव फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो। मृतक महतोको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको हो। 

प्रहरी उपरीक्षक घिमिरेले धारिलो हतियार प्रहार गरी महतो हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए। 

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २९, २०८१ बुधबार १४:२२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।