तीन करोडको कोकिनसहित तान्जानियन र भारतीय नागरिक पक्राउ

तीन करोडको कोकिनसहित तान्जानियन र भारतीय नागरिक पक्राउ

काठमाडौँ: एक किलो चार सय ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कोक्किन कारोबारको आरोपमा तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरेको हो।

ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वस्थित एक होटेलमा बसेका तान्जेनियन नागरिक जुमाको झोलाभित्र लुकाएर राखेको ८० क्याप्सुल कोक्किन बरामद गरेको जानकारी दिएको छ।

जुमाले उक्त कोक्किन भारतीय नागरिकलाई बिक्री गर्ने क्रममा भारतीय नागरिकलाई समेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

बरामद कोकिनको अवैध बजार मूल्य करिब तीन करोड ८७ लाख हुन आउने ब्युरोले जनाएको छ। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २९, २०८१ बुधबार १३:५५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।