टीआरसी विधेयक १० दिनभित्र पारित भइसक्ने प्रधानमन्त्री ओलीको विश्वास

टीआरसी विधेयक १० दिनभित्र पारित भइसक्ने प्रधानमन्त्री ओलीको विश्वास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १० दिनभित्र टीआरसी विधेयक पारित हुने विश्वास व्यक्त गरे।

बुधबारको प्रतिनिधि सभाको बैठकमा समय मागेर बोल्दै ओलीले १० दिनभित्र टीआरसी विधेयक पारित हुने विश्वास व्यक्त गरेका हुन्।

विधेयक बुधबार संसदमा पेश भएको थियो भने आज त्यसमाथि छलफल हुँदैछ।

छलफलअघि प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा आजै प्रतिनिधि सभाबाट विधेयक पारित गर्न समेत आग्रह गरेका छन्।

‘आज जुन विधेयकमाथि यहाँ छलफल हुँदैछ,’ उनले भने, ‘हामी पारित गर्नेवाला छौँ र केही दिनभित्र सम्पूर्ण रुपमा पारित गरेर हामी अगाडि बढ्नेछौं। यसमा सबैको सहमति रहन्छ भन्ने विश्वास गरेको छु।’

‘कमसेकम १० दिनको आसपासमा हामी यस ऐनलाई पारित नै गरिसक्छौं,’ उनले भने, ‘अन्य ऐनहरुलाई पनि छिटो पारित गर्ने दिशामा सरकारले सोचिरहेको कुरा व्यक्त गर्छु।’

साउन २९, २०८१ बुधबार १३:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।