लोकतान्त्रिक गणतन्त्रका उपलब्धी मासिने गरी संविधान संशोधन हुँदैन : प्रधानमन्त्री ओली

लोकतान्त्रिक गणतन्त्रका उपलब्धी मासिने गरी संविधान संशोधन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीविरुद्धको अभिव्यक्ति र गतिविधिहरूविरुद्ध सरकार सचेत रहेको बताएका छन्।

बुधबारको प्रतिनिधि सभाको बैठकमा समय मागेर बोल्दै ओलीले देशमा ठूलो बलिदानीले मात्र अहिलेको प्रणाली आएको स्मरण गरे।

‘लोकतन्त्रका लागि लडेका र बलिदानबाट लडेर मात्र यो प्रणाली स्थापित भएको छ। मानिसका आयुका आयु गएका छन्,’ उनले भने, ‘प्रणालीकै विरुद्ध जाने खालका अभिव्यक्तिहरू आइरहेका छन्। सरकार यस मामिलामा सजग छ।’

संविधान संशोधनको सन्दर्भमा ओलीले प्रतिगमनतर्फ जान नलागेको समेत स्पष्ट पारे। उनले समावेशी सिद्धान्तको व्यवस्था कायमै रहने समेत बताए।

उनले थपे, ‘संविधान शंशोधनको मुद्दा सत्तापक्षकै साथीहरुले पनि गर्नुभएको छ। प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ। जनप्रतिनिधि हुँदा हामीले शपथ लिएका छौँ। हस्ताक्षर गरेका छौँ।’

उनले अगाडि थपे, ‘संशोधन लोकतन्त्रका मूल्यमान्यतालाई अझ बढी सुदृढ र समायानुकुल गर्नका लागि मात्र गरिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धीहरू मास्नेगरी संविधान संशोधन हुँदैन। सर्व सहमतिका साथ संविधान संशोधन गरिन्छ।’

साउन २९, २०८१ बुधबार १३:४५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।