हाम्रो शान्ति प्रक्रिया मौलिक : प्रधानमन्त्री ओली

हाम्रो शान्ति प्रक्रिया मौलिक : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया मौलिक भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा समय मागेर बोल्दै उनले देश भएका द्वन्द्वलाई शान्तिमा गरेको र अहिले भएको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन्।

उनले भने, ‘हामीले देशमा भएको द्वन्द्वलाई शन्तिमा परिणत गर्यौं। यो शान्ति प्रक्रिया मौलिक छ। आफ्नै प्रयासबाट अघि बढेको छ। समाधान हुँदै आएको पनि छ।’

२०७१ सालमा सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन बने पनि त्यसमा भएका व्यावहारिक विषयमा असमान भएका कारण त्यसको गाँठो अहिले फुकाइएको बताए।

पीडितमैत्री र कुनै करकापमा नपरीकन सहमतिका साथ यस दस्तावेजलाई अघि बढाएको स्मरण गर्दै प्रतिनिधिसभाले पास गर्नेमा आफू विश्वस्त रहेको बताए।

ऐन बनिसकेपछि यस अन्तर्गत सहमतिका साथ आयोगहरू निर्माण हुने बताए।

सहि निश्कर्षका साथ छोटो अवधिमा नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दुनियालाई दिन सफल हुने दाबी गरे।

साउन २९, २०८१ बुधबार १३:३३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।