अमेरिकी सेनाका विश्षेलकले स्वीकारे चीनलाई गोप्य दस्तावेज बेचेको आरोप

अमेरिकी सेनाका विश्षेलकले स्वीकारे चीनलाई गोप्य दस्तावेज बेचेको आरोप

एजेन्सी : अमेरिकी सेनाका एक सदस्यले चीनलाई गोप्य दस्तावेज बेचेको आरोप स्वीकार गरेका छन्। अमेरिकी कानून मन्त्रालय (न्याय विभाग)ले यो जानकारी दिएको हो।

अभियुक्त सैनिक सेनामा विश्लेषकको रूपमा काम गरिरहेका थिए। एफबीआई र अमेरिकी सेनाको गुप्तचर निकायले गरेको अनुसन्धानपछि सेनाका सर्जेन्ट कोर्बिन शुल्ट्जलाई मार्चमा पक्राउ गरिएको थियो।

उनीमाथि ४२ हजार अमेरिकी डलरमा धेरै संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ। यो घटनाको सुरुवात जुन २०२२ मा भएको अधिकारीहरूको भनाइ छ। सार्जेन्ट कोर्बिन शुल्ट्जलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।

अदालतका कागजातहरूका अनुसार, सार्जेन्ट कोर्बिन शुल्ट्जसँग गोप्य सूचनाहरू पहुँच गर्न सुरक्षा क्लियरेन्स थियो भने हङकङमा बस्ने एक व्यक्तिसँग मिलेर यो सूचना चोर्ने योजना बनाएका थिए।

अदालतको अभिलेख अनुसार हङकङमा बस्ने ती व्यक्तिले शुल्ट्जलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी प्रणालीसँग सम्बन्धित जानकारी सङ्कलन गर्न आग्रह गरेका थिए।

साउन २९, २०८१ बुधबार १३:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।