इरानले इजरायलमाथि आक्रमण गर्ने धम्कीपछि बोल्यो अमेरिका

इरानले इजरायलमाथि आक्रमण गर्ने धम्कीपछि बोल्यो अमेरिका

एजेन्सी : संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले अमेरिकाले मध्यपूर्वमा तनाव कम गर्ने योजनामा ​​काम गरिरहेको बताएकी छन्।

इरानले इजरायलमा आक्रमण गर्ने योजना बनाएको खबर आइरहँदा मध्यपूर्वमा तनावपूर्ण अवस्था छ।

लिन्डा थोमस-ग्रीनफिल्डले मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिका भविष्यमा हुने कुनै पनि आक्रमण रोक्न र कुनै पनि क्षेत्रलाई द्वन्द्व हुनबाट बचाउन चाहेको बताइन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो मध्यपूर्व भ्रमण स्थगित गरेका बेला संयुक्त राष्ट्र संघमा अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो।

गत महिना इरानको राजधानी तेहरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको थियो।

इरानले यो आक्रमणको पछाडि इजरायलको हात रहेको भन्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि इरानले इजरायलमाथि आक्रमण गर्नसक्ने अनुमान छ।

साउन २९, २०८१ बुधबार १२:१६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।