संसद् सचिवालयले ३० गते निकाल्यो साउन महिनाको संसदीय क्यालेन्डर

संसद् सचिवालयले ३० गते निकाल्यो साउन महिनाको संसदीय क्यालेन्डर

काठमाडौं : संघीय संसद सचिवालयले साउनको ३० गते बल्ल साउन महिनाको क्यालेन्डर निकालेको छ।

बुधबार सचिवालयले प्रतिनिधि सभाको साउन महिनाको क्यालेन्डर भन्दै २१ गतेदेखि ३२ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।

प्रतिनिधि सभाको वेबसाइटमा साउन ३० गतेको सम्भावित सूचीपछि साउन महिनाको क्यालेन्डर सार्वजनिक भएको देख्न सकिन्छ। क्यालेन्डरअनुसार साउन महिनामा ३० गतेपछि कुनै बैठक राखिएको छैन।

केही समय अघिदेखि संघीय संसद् सचिवालयले संसदको क्यालेन्डर बनाएर कुन दिन के विषयमा बैठक बस्ने भनेर छुट्याउने गरेको थियो।

संसद् अधिवेशन बसेको समयमा यस्तो क्यालेन्डर सामान्यतया महिनामा दुई पटक प्रकाशित हुने गरेको छ। जसमा बैठक र सम्भावित कार्यसूची सम्बन्धी विवरण उल्लेख हुन्छ।

तर, पछिल्लो एक महिनादेखि त्यस विषय संघीय संसद् उदासीन देखिएको छ। यस विषयमा प्रतिनिधि सभाकै केही सांसदहरूले आश्चर्य व्यक्त गरेका छन्।

साउन २९, २०८१ बुधबार ११:३६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।