सेयर बजार खुलेको १० मिनेटमा १७ अंकले झर्यो, नयाँ लगानीकर्तालाई ट्र्याप
काठमाडौँ : सोमबारसम्म उचालिएको सेयर बजार मङ्गलवार झरेर बजार बन्द भयो। बुधवार बजार खुलेको १० मिनेटमा १७% ले गिरावट आयो।
बजार खुले लगत्तै परिसूचक तल झर्नु नयाँ लगानीकर्तालाई अत्याएर सस्तोमा सेयर विक्री गराउने खेल पनि हुन सक्छ।
सेयर बजार उचालिएर २ हजार नौ सय पार पुगेपछि बजारमा ठुला खेलाडीको प्रवेश र सक्रियताकोक्रम बढेको छ। सेयर बजारबारे अनुभवी बजारमा नेप्से परिसूचक बढेपछि आफूसँग भएका सेयर विक्री गरेर बाहिर निस्कन्छन्। नयाँ र अनुभवहीन ट्र्यापमा पर्छन्। पछिल्लो समय सेयर बजारको ट्रेन्ड यस्तै देखिन्छ।
वित्तीय अवस्था कमजोर भएका कम्पनीहरूको मूल्य सकारात्मक सर्किट लेभलमा बढिरहेका छन्। संसद्मा समेत बजारमा कर्नरिङ गराएको दाबी आइरहेका छन्। धितोपत्र बोर्डका अधिकारीले बजारको गति प्राकृतिक नभएको बताए पनि परिसूचक र कारोबार रकम उचालिइरहेको छ।
साउन २९, २०८१ बुधबार ११:२२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।