कीर्तिमानी मूल्य कायम गरेको सुन सामान्य घट्यो

कीर्तिमानी मूल्य कायम गरेको सुन सामान्य घट्यो

काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य सामान्य घटेको छ।

मंगलबार कीर्तिमानी मूल्य कायम गरेको सुनको मूल्य बुधबार तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलाको १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा एक तोलाको सुनको सबैभन्दा बढी मूल्य हो।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ७३५ रुपैयाँ कायम भएको छ।

साउन २९, २०८१ बुधबार ११:००:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।