इ-पासपोर्ट बनाउन पोर्चुगलमा ३८ सय नेपालीको आवेदन

इ-पासपोर्ट बनाउन पोर्चुगलमा ३८ सय नेपालीको आवेदन

लिस्बन : विद्युतीय राहदानी (इ-पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार आठ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको छ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट सात करोड २० लाख ११ हजार पाँच सय ५४ राजस्व सङ्कलन विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिए।

उनका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो। पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो।

साउन २९, २०८१ बुधबार १०:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।