दाङमा सर्पले डसेर छ वर्षीया बालिकाको मृत्यु, आमा अस्पताल भर्ना

दाङमा सर्पले डसेर छ वर्षीया बालिकाको मृत्यु, आमा अस्पताल भर्ना

दाङ : जिल्लामा सर्पले डस्दा डसेर छ वर्षीया बालिकाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँकी छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। 

उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

साउन २९, २०८१ बुधबार १०:१७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।