नारायणगढ-बुटवल सडक अवरुद्ध

नारायणगढ-बुटवल सडक अवरुद्ध

मध्यविन्दु : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक अवरुद्ध भएको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो।

मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

उनका अनुसार सडक सञ्चालनको प्रयास जारी छ।

साउन २९, २०८१ बुधबार ०९:१०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।