प्रतिनिधिसभा बैठक बस्दै, ‘टीआरसी’ विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, ‘टीआरसी’ विधेयकमाथि छलफल हुने

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले  कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, ‘बेपत्ता पारिएका व्याक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिनेछ।

म‌ंगलबारकाे बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले टीआरसी विधेयक संसद्मा पेश गरेकी थिइन्।

साउन ३०, २०८१ बुधबार ०७:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।