काठमाडौँको सानो भर्‍याङको काठ कारखानामा आगो लाग्यो

काठमाडौँको सानो भर्‍याङको काठ कारखानामा आगो लाग्यो
सांकेतिक तस्बिर

काठमाडौँ : काठमाडौँको सानोभर्याङमा रहेको एक काठ उद्योगमा आगलागी भएको छ। मङ्गलवार राति ९ बजेको पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

आगलागी नियन्त्रणमा लिन अहिले ३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको परिचालन भएका छन्। 

साउन २८, २०८१ मंगलबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।