कामका लागि बेलायत पठाउने लोभमा पारेर पाँच लाख ठगी, पैसा लिएर बेपत्ता भएका रवि भेटिए तीनकुनेमा

कामका लागि बेलायत पठाउने लोभमा पारेर पाँच लाख ठगी, पैसा लिएर बेपत्ता भएका रवि भेटिए तीनकुनेमा

काठमाडौँ : बेलायतमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर पाँच लाख ठगी गरेको आरोपमा रवि क्षेत्री पक्राउ परेका छन्। काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले उनलाई मङ्गलवार पक्राउ गरेको हो।

कार्यालयका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी बेलायतमा लैजाने भन्दै उनले पीडितबाट ५ लाख २० हजार रकम लिएर सम्पर्क विहीन भएका थिए। जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौँको तीनकुनेबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको छ।

साउन २८, २०८१ मंगलबार २१:०७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।