ज्योति विकास बैंकद्वारा 'डिजिटल हस्ताक्षर' प्रयोगको सुरुवात

ज्योति विकास बैंकद्वारा 'डिजिटल हस्ताक्षर' प्रयोगको सुरुवात

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। 

बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले मिति गत श्रावण १७ मा प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो। 

बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरूलगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको  डिजिटल हस्ताक्षर प्रयोग गर्नेगरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय संस्थाबाट बाट उक्त डिजिटल हस्ताक्षर लिएको जनाएको छ। 

डिजिटल हस्ताक्षर प्रणाली सुरू भएपश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ। भौतिक रूपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्ने बैंकले बताएको छ।

बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ। 

साउन २८, २०८१ मंगलबार २०:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।