सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाण्डौं : सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशत सम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट पाउने बताइएको छ। 

सम्झौताले ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

साउन २८, २०८१ मंगलबार १९:५७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।