बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

ढाका : बङ्गलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी मुद्रास्फीति दर ११.६६ प्रतिशत पुगेको छ। 

मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मूल्यवृद्धि दर अस्वाभाविक रुपमा बढेको बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) ले जनाएको छ।

गत जुन महिनामा मूल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ।

खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो। 

यसैगरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो।

गैर–खाद्य पदार्थको मूल्यवृद्धि दर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मूल्यवृद्धि दर बढेर ९.७३ प्रतिशत पुगेको छ, जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मूल्यवृद्धि दर ९.०२ प्रतिशत रहेको थियो। 

साउन २८, २०८१ मंगलबार १९:३०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।