सामाजिक सञ्जालमा घृणा फैलाउने अभ्यास भएका छन् : प्रधानमन्त्री

सामाजिक सञ्जालमा घृणा फैलाउने अभ्यास भएका छन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पास गर्ने बताएका छन्। 

मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरूको छलफल कार्यक्रममा उनले, टीआरसी विधेयक प्रतिनिधि सभामा पेस भएको र अब एक दुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने बताए। 

उनले भने, ‘हामी टीआरसी सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर प्रतिनिधिसभामा पेस भएको छ। त्यस सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ भोलि, त्यसपछि त्यो एक/दुई दिनमा पास हुन्छ। र, राष्ट्रिय सभामा जान्छ। विधेयक यही अधिवेशनबाट पास हुन्छ।’

उनले अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने जस्ता क्रियाकलापहरु भइरहेको बताए। 

असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढावा दिने सामाजिक मूल्य-मान्यताहरू तोड्ने खालका अभ्यासहरू पनि भइरहेको उनको भनाई छ। 

उनले भने, ‘अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने, घृणाको असभ्यताको असामाजिकताको अभ्यास गरेर त्यसलाई बढावा दिने सामाजिक मूल्य-मान्यताहरु तोड्ने त्यसप्रकारका अभ्यासहरू भइरहेको छन्।’ 

साउन २८, २०८१ मंगलबार १९:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।