सातै प्रदेशमा मानव अङग प्रत्यारोपण उपकेन्द्र खोल्ने स्वास्थ्यमन्त्रीको दाबी, भक्तपुरको केन्द्र सूर्यविनायकमा स्थानान्तरण गर्ने तयारी

सातै प्रदेशमा मानव अङग प्रत्यारोपण उपकेन्द्र खोल्ने स्वास्थ्यमन्त्रीको दाबी, भक्तपुरको केन्द्र सूर्यविनायकमा स्थानान्तरण गर्ने तयारी

भक्तपुर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उप केन्द्र खोल्ने दाबी गरेका छन्। विश्व अंगदान दिवसमा भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदाताहरुलाई सम्मान गर्दै उनले भक्तपुरको केन्द्रले मात्र देशभर सेवा दिन नसक्ने भएकाले अन्यत्र उपकेन्द्र खोल्ने बताए।

उनले उपकेन्द्रको प्रारम्भ कोशी प्रदेशबाट हुने बताए। कोशीपछि अन्य प्रदेशहरूमा समेत चाँडै उप केन्द्रहरू खोल्ने बताए। उनले कार्यक्रममा सीमित जनशक्ति,पूर्वाधार र श्रोतका कारण चाहेजस्तो स्वास्थ्य सेवा दिन नसकिएको बताउँदै हाल भएका जनशक्ति र श्रोतलाई अधिक सक्रिय बनाएर बढी लाभ दिन सकिनेगरि काम गर्नुपर्ने बताए।

भक्तपुरमा रहेको केन्द्र रहेको स्थान साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै उनले  केन्द्र सूर्यविनायकमा स्थानान्तरण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने समेत बताए। उनले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्धता समेत जनाए।

साउन २९, २०८१ मंगलबार १८:४०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।