सामाजिक संजालको कारण हसिनाले देश छाड्नु परेको शेखरको दाबी

सामाजिक संजालको कारण हसिनाले देश छाड्नु परेको शेखरको दाबी

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसङ्गतिहरू पनि निम्त्याइरहेको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा बोल्दै उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर भएर मात्र सबैमा आग्रह गरे। 

‘छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाइको सरकार थियो। अचानक घटना घट्यो र प्रधानमन्त्रीले देश नै छाडेर हिड्नुपर्ने अवस्था आयो। यसलाई सामान्य घटना लिन मिल्दैन। नेपालमा त कुनै पनि बेला केही हुन सक्छ, उनले भने, ‘सामाजिक सञ्जाल अहिले एकदमै आक्रमणहरू आइरहेको छ। सामाजिक सञ्जालले धेरै विसङ्गतिहरू पनि निम्त्याइरहेको छ। राम्रो पनि छ तर विसङ्गति पनि ल्याएको छ बंगलादेशले पनि देखाएको छ।’ 

उनले राज्यले शिक्षित र अशिक्षित दुवै वर्गको युवाहरूलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने जिम्मेवारी लिन आवश्यक रहेको बताए।  

बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिँदै देश छाडेकी थिइन्।  

साउन २८, २०८१ मंगलबार १८:३७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।