बेपत्ता छानबिन तथा सत्य निरुपणसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा

बेपत्ता छानबिन तथा सत्य निरुपणसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा

काठमाडौँ : कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रतिनिधि सभामा पेस गरेकी छिन्।

विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ फागुन २५  मा प्रतिनिधिसभामा दर्ता गरेका थिए। साउन २४ गते प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विषय विधेयक सर्वसम्मतिले पास गरेका थिए। जसलाई मङ्गलवार प्रतिनिधि सभामा पेस भएको हो।

साउन २९, २०८१ मंगलबार १८:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।