सुस्त मनस्थितिकी किशोरी बलात्कार गरेर भागेका नरदेश घर आएको बेला समातिए

सुस्त मनस्थितिकी किशोरी बलात्कार गरेर भागेका नरदेश घर आएको बेला समातिए

खोटाङ : सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन्।

किशोरी २०७२ माघ १८ राति आफन्तको घरबाट घर फर्कँदै गर्दा राईसहितको समूहले सामूहिक बलात्कार गरेर फरार भएका थिए। उनी सो घटनामा दोषी ठहर भएर १३ वर्ष कैद सजाय तोके पनि फरार थिए। उनी सोमबार साँझ कारागार चलान भएका हुन्।    

सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि २०७२ माघ २० मा आफन्तले जाहेरी दिएका थिए। जाहेरीका आधारमा जिल्ला अदालतले २०७९ चैत ३० मा नरदेशसहित घटनामा संलग्नलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो।

जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेश घरमा आएको सूचनाको आधारमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

सामूहिक बलात्कारको घटनापछि लुकीछिपी बस्दै आएका नरदेशलाई प्रहरी चौकी रतन्छाले आइतबार राति १० बजे पक्राउ गरेको थियो। रातको समयमा बाटो छेकेर सामूहिक रूपमा भएको जबरजस्ती बलात्कारको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

साउन २८, २०८१ मंगलबार १७:४६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।