लगातार उकालिएको सेयर बजार आठ अङ्कले घट्यो, कारोबार रकमको रेकर्ड पनि कायम भएन

लगातार उकालिएको सेयर बजार आठ अङ्कले घट्यो, कारोबार रकमको रेकर्ड पनि कायम भएन

काठमाडौँ : साताको प्रारम्भदेखि नै उच्च अङ्कले बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो दिन मङ्गलवार सामान्य अङ्कले घटेको छ। मङ्गलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

मङ्गलवारको उतारचढावकाबीच नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा बजार बन्द भयो। मङ्गलवार तीन सय ३२ कम्पनीको पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भयो।

मङ्गलवार बैङ्किङ शून्य दशमलव ४५, वित्त एक दशमलव ५७, लगानी शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ०६ र जीवन बिमा शून्य दशमलव ५४ प्रतिशतले बढेको थियो। अरू सबै समूहको उपसूचक घट्यो। विकास बैङ्क एक दशमलव ३६, होटेल तथा पर्यटन दुई दशमलव २५, जलविद्युत् शून्य दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ।    

लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ०७, निर्जीवन बिमा एक दशमलव ०२ र अन्य समूहको उपसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।    

मङ्गलवारको कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ।

मङ्गलवारको बजारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ८१ करोड ९९ लाख ४० हजार आठ सय २२ बराबरको कारोबार भयो। कारोबार भएका शेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार नौ सय सात कित्ता शेयर किनबेच भयो।

साउन २८, २०८१ मंगलबार १७:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।