हसिनाको आरोपपछि के भन्यो अमेरिकाले ?

हसिनाको आरोपपछि के भन्यो अमेरिकाले ?

वासिङ्टन (अमेरिका) : ह्वाइट हाउसले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको जनाएको छ।   

हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको दाबी गरे।  

उनले बंगलादेशी जनताले नै आफ्नो देशको सरकार निर्माण र विघटन गर्न पाउनुपर्छ भन्ने पक्षमा अमेरिका रहेको बताए। 

हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको लगाएका थिए। तर, उनले कुनै प्रमाण भने पेश गरेका थिएनन्। 

मे महिनामा हसिनाले विदेशी शक्तिले बंगलादेश सरकारलाई सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन्। 

अहिले बंगलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुख बनेका छन्।  

साउन २८, २०८१ मंगलबार १६:५१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।