कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा ८२ वर्षीय महिलाको मृत्यु

कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा ८२ वर्षीय महिलाको मृत्यु

काठमाडौं : लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ। 

सुन्दरबजार नगरपालिका–१ कि ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको बताए। 

कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासि ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको हो। पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 

मृतक मिश्रको घरमा उनी र उनका श्रीमान् मात्रै रहेको प्रहरीले जनाएको छ। 

साउन २८, २०८१ मंगलबार १६:१८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।