नेल लगाएर संसद भवन प्रवेश गर्न खोजेपछि पक्राउ परे दलित अभियन्ता सुनार

नेल लगाएर संसद भवन प्रवेश गर्न खोजेपछि पक्राउ परे दलित अभियन्ता सुनार

काठमाडौं : राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै सात दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन्। 

नेल लगाएर प्रदर्शन गरिरहेका सुनार मंगलबार संसद प्रवेश गर्न खोजेका थिए। निषेधित क्षेत्र तोडेर नेल लगाएर संसद भवनमै प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो। 

हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। 

संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका थिए। 

उनीहरूले गएको शनिबार ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने उनीहरूको माग छ। 

साउन २८, २०८१ मंगलबार १५:५६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।