हवाइ क्षेत्रको नियामक निकाय नियमनमा फेल भए : सांसद गौतम

हवाइ क्षेत्रको नियामक निकाय नियमनमा फेल भए : सांसद गौतम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले हवाइ सुरक्षाको नियामक निकाय नियमनमा फेल भएको बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपा सांसद गौतमले नेपालको नियामक निकायको नियमन फेल भएको भएको विषय नेपालमा भइरहेका हवाइ दुर्घटनाले पनि पुष्टि गरेको बताएकी हुन्।

उनले यती एयरलाइन्सको दुर्घटनाअघिको पाइलट र कोपाइलटको अडियोमा पनि लापरबाही भएको सुन्न सकिने बताइन्। साथै एयरपोर्ट निर्माणका काम भए पनि सुरक्षाका लागि प्राविधिक काममा खर्च नभइरेको धारणा राखिन्।

उनले भनिन्, ‘ईयूको कालोसूचीमा पर्नु, आईकाओले हामीलाई एकदमै कम नम्बर दिनु यो सबै कुराले हाम्रो रेगुलेटरी मेकानिजम एकदमै कमजोर भइरहेको बताउँछ।’

नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियाम निकायमा छुट्याउने विधेयकलाई तत्काल संसदमा पेश गर्न समेत प्रधानमन्त्री र पर्यटन मन्त्रीलाई आग्रह गरिन्।

उनले अगाडि थपिन्, ‘जनताको मृत्यु भएको सत्ताको खेलमा आहूती दिने विषय होइन। यस विषयमा सरकार गम्भीर बनोस्।’

साउन २८, २०८१ मंगलबार १३:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।