हरि ढकालले ‘विद्यु्त् महसुल’ भन्ने बित्तिकै सभामुखले लाइन काटेपछि संसदमा हंगामा

हरि ढकालले ‘विद्यु्त् महसुल’ भन्ने बित्तिकै सभामुखले लाइन काटेपछि संसदमा हंगामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विद्युत् प्राधिकरणको महसुलको विषय उठान गर्ने बित्तिकै सभामुखले लाइन काटेपछि संसदमा हंगामा भएको छ।

सांसद ढकालले विद्युत् प्राधिकरणको महसुल उठाउनुपर्ने विषय उठान गर्न लाग्दा सभामुखले लाइन काटेपछि रास्वपासहित राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध जनाएका थिए।

‘विजुलीको लाइनको विषय सुन्न पाएको छैन,’ रास्वपा सभापति रवि लामिछानेले भने, ‘लाइन किन काटियो?’

राप्रपा सांसद् राजेन्द्र लिङ्देनले सभामुखले निश्चित विषयमा मात्र बोल भनेर जनताको आवाज कुन्ठित पार्न खोजिएको आरोप लगाए।

सभामु्ख घिमिरेले तीन मिनेटको समय उपलब्ध गराएकोमा विद्युत् महसुलको विषय आउने बित्तिकै समय काटेका थिए। तर सभामुखले दिएको तीन मिनेटको समय भने सकिएको थिएन।

साउन २८, २०८१ मंगलबार १३:३९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।