मधेश प्रदेशका आठ राज्यमन्त्री बर्खास्त
धनुषा : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनीहरूको बर्खास्तीका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।
साउन २२ गते गठित मन्त्रिपरिषद्मा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्नुभएको उक्त कार्यालयले जनाएको छ।
मधेशमा २० सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा चौतर्फी विरोध भएको थियो।
साउन २८, २०८१ मंगलबार १३:०७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।