डेंगीको इपिसेन्टर बन्दै तनहुँ, १२ दिनमा ३५५ संक्रमित

डेंगीको इपिसेन्टर बन्दै तनहुँ, १२ दिनमा ३५५ संक्रमित

काठमाडौं : तनहुँ डेंगी संक्रमणको इपिसेन्टर बन्दै गएको छ।

अगस्ट महिनाको १२ दिनमा त्यहाँ ३५५ जना संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

अगस्ट महिनाको १२ दिनमा देशभर ८३६ डेंगी संक्रमित देखिएकोमा तनहुँमा मात्र ३३५ जना संक्रमित देखिएका हुन्।

तनहुँपछि कास्कीमा ९३ जना, काठमाडौंमा ६३ जना र पर्वतमा ५३ जनामा संक्रमण बढी देखिएको छ। यो पछिल्लो १२ दिनको तथ्यांक हो।

संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ। यो मृत्यु डेंगी संक्रमणबाट मात्र नभएर अन्य रोग पनि कारक रहेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए।

उनका अनुसार २०२४ को जनवरी यता तीन हजार ३३९ जनामा डेंगी संक्रमित भएका छन्। डेंगीको संक्रमण देखिने सिजन अझै सुरु नभएकाले सतर्कता अपनाउन उनले सबैलाई आग्रह गरेका छन्।

लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्न, पूरा बाउला भएका कपडा लगाउन र घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्न समे महाशाखाले आग्रह गरेको छ।

पानी जम्ने स्थानमा भएको लामखुट्टेले टोक्दा डेंगी संक्रमणको जोखिम बढी हुन्छ।

साउन २८, २०८१ मंगलबार १२:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।