एक हजार बर्गमिटर क्षेत्र युक्रेनी सेनाले कब्जा गरेपछि बोले रुसी राष्ट्रपति पुटिन

एक हजार बर्गमिटर क्षेत्र युक्रेनी सेनाले कब्जा गरेपछि बोले रुसी राष्ट्रपति पुटिन

एजेन्सी : युक्रेनी सेना रुसको एक हजार वर्ग किलोमिटर क्षेत्रमा प्रवेश गरेको घटनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनीहरूलाई आफ्नो क्षेत्रबाट बाहिर निकाल्न सेनालाई आदेश दिएका छन्।

उनले आक्रमणलाई ‘ठूलो उक्साहट’को संज्ञा दिँदै आदेश दिए, ‘शत्रुलाई हाम्रो क्षेत्रबाट बाहिर निकाल्नू।’

यसैबीच, युक्रेनी सैनिकहरूले पछिल्लो एक सातादेखि कुर्स्क क्षेत्रमा कब्जा जमाएका छन्। यहाँ दुई देशका सेनाबीच द्वन्द्व जारी छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार युक्रेनका वरिष्ठ कमाण्डर अलेक्जेन्डर सिर्सकीले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई यसबारे जानकारी दिएका छन्।

उनले जेलेन्स्कीलाई भिडियो लिङ्कमार्फत रुसी भूमिमा अझै आक्रमण अझै जारी रहेको बताएका हुन्।

सुरक्षालाई ध्यानमा राख्दै पश्चिमी रुसी क्षेत्रबाट ठूलो संख्यामा मानिसलाई विस्थापित गरिएको छ। अहिले थप ५९ हजार मानिसलाई त्यस क्षेत्र छाड्न भनिएको छ।

स्थानीय गभर्नरले युक्रेनी सेना रहेको उक्त क्षेत्रमा करिब २८ गाउँ रहेको बताएका छन्। युक्रेनी सेनाले सो स्थान कब्जा गर्दा १२ जना सर्वसाधारण मारिएका छन् र स्थिति अझै कठिन रहेको रिपोर्ट गरिएको छ।

युक्रेनी सेना गत मंगलबारदेखि रुस प्रवेश गर्न थालेका हुन्।

साउन २८, २०८१ मंगलबार १२:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।