प्रस्तावित १८ राजदूतको सुनुवाइ प्रक्रिया आजदेखि

प्रस्तावित १८ राजदूतको सुनुवाइ प्रक्रिया आजदेखि

काठमाडौं : सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।

सुनुवाई प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ।

सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो।

साउन २८, २०८१ मंगलबार १०:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।