इरानको धम्कीपछि अमेरिकासहित पाँच देशले जारी गरे संयुक्त विज्ञप्ति

इरानको धम्कीपछि अमेरिकासहित पाँच देशले जारी गरे संयुक्त विज्ञप्ति

एजेन्सी : इरानको धम्कीपछि अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले मध्यपूर्वको अवस्थाबारे संयुक्त वक्तव्य जारी गरेका छन्।

यी सबै देशहरूले यस क्षेत्रको तनाव कम गर्न, गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि एक सहमतिमा पुग्न आग्रह गरेका छन्।

‘हामी राष्ट्रपति बिडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसी र कतारका अमिर तमिमको संयुक्त आह्वानलाई यस हप्ताको अन्त्यमा चाँडो भन्दा चाँडो सम्झौतामा पुग्ने उद्देश्यका साथ वार्तालाई समर्थन गर्दछौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ।

यसमा भनिएको छ, ‘सबै पक्षहरूले आ-आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। साथसाथै, गाजामा बिना कुनै बाधा पुर्याउन सहायता आवश्यक छ।’

पाँच देशले इरानी आक्रमण र यसले समर्थन गर्ने चरमपन्थी संगठनहरू विरुद्ध इजरायलको रक्षाको लागि आफ्नो समर्थन व्यक्त गरेका छन्।

उनीहरूले इरानबाट इजरायल विरुद्ध सैन्य आक्रमणको निरन्तर धम्की रोक्न यस्तो आह्वान गरेका छन्।

यसका साथै यस्ता आक्रमणबाट क्षेत्रीय सुरक्षामा पर्ने गम्भीर असरबारे समेत उनीहरूले चासो व्यक्त गरेका छन्।

साउन २८, २०८१ मंगलबार १०:०४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।