महिन्द्रा अग्नि ग्रुपले नेपालमा भित्र्यायो युभो टेक प्लस ट्र्याक्टर

महिन्द्रा अग्नि ग्रुपले नेपालमा भित्र्यायो युभो टेक प्लस ट्र्याक्टर

काठमाडौं : महिन्द्रा समूह अन्तर्गतकोे फार्म इक्विपमेन्ट सेक्टर (एफईएस)ले युभो टेक प्लस ट्र्याक्टर सिरिज सार्वजनिक गरेको छ।

महिन्द्राको नेपाल स्थित डिलर अग्नि ग्रुपले आप्mना ग्राहकलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्र्याक्टर उपलब्ध गराउन भन्दै सोमबार युभो टेक प्लस ५७५ डीआई ट्र्याक्टर सार्वजकिन गरेको हो।

यी ट्र्याक्टर विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका छ अग्नि शाखा र डिलरमा एकै साथ उद्घघाटन गरेको हो।

यो सिरिज १२ फरवार्ड र तीन रिभर्स ट्रान्समिशन टेक्नोलोजीको साथ आउँछ, जसमा तीन स्पिड रेन्ज अप्सन समेत रहेको छ। जसले विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्धत गर्ने कम्पनीको दाबी छ।

धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागी उपयुक्त छ, जसले लामो समयको लागि अधिकतम अपरेटर आराम प्रदान गर्ने कम्पनीले जनाएको छ।

उद्घघाटन समारोहमा बोल्दै महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टलेले खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न हामी प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले परिवर्तित समयसँगै नेपालको किसानहरू विकसित हुँदै गरेको बताए। उनले नेपालमा युभो टेक प्लसका मोडलहरू सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए।

साउन २८, २०८१ मंगलबार ०८:४१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।