रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ।

प्रतिनिधि सभा बैठक बस्नुअघि पार्टीको संसदीय दलको बैठक बस्न लागेको हो।

बैठक विहान साढे १० बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयकको सम्बन्धमा पनि छलफल हुनेछ।

यसका अलावा प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धी विषय तथा कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयककोबारे पनि बैठकमा छलफल हुनेछ।

साउन २८, २०८१ मंगलबार ०७:१६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।