प्रतिनिधिसभा बैठक बस्दै : ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

प्रतिनिधिसभा बैठक बस्दै : ‘टीआरसी’ विधेयक प्रस्तुत गरिने

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ।

बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८०’ पेश गर्ने छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

यसका अलावा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषपद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।

साउन २८, २०८१ मंगलबार ०७:०१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।