कति सत्य हो अभिषेक र ऐश्वर्याको डिभोर्स हुने हल्ला ?

कति सत्य हो अभिषेक र ऐश्वर्याको डिभोर्स हुने हल्ला ?

एजेन्सी : अहिले बलिउडका जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेद भएको चर्चा छ। दिनँहुजसो यो जोडीबारे केही न केही खबर आइरहेको हुन्छ। केही दिनअघि सार्वजनिक एआई जेनेरेट डीपफेक भिडियोले भने यो हल्लालाई झनै बल पुग्यो।

यसैबीच, अभिषेकले आफ्नो सम्बन्ध विच्छेदबारे मौनता तोडेका छन्। बलिउड युके मिडियासँगको अन्तरवार्तामा उनले आफूले लगाइरहेको बिहेको औँठी देखाउँदै आफू अझै विवाहित रहेको बताए।  

अभिषेक बच्चनले भने, ‘यी सबै (सम्बन्ध विच्छेद) बारे मलाई भन्नु केही छैन। दुःखको कुरा सबै कुरा नियन्त्रण बाहिर छ। मलाई थाहा छ मानिसहरू किन यसो गरिरहेका छन्। मानिसहरूले कथा चाहिएको छ। ठिकै छ। हामी सेलिब्रेटी हौं, हामी यस्तो कुरा बुझ्छौँ।’ 

हालै मुकेश अम्बानीको छोराको बिहेमा अभिषेक बुवाआमा र बहिनीसँग अनि ऐश्वर्या छोरी आराध्यासँग एक्लै आइपुगेपछि यी अफवाह चर्किएका थिए। बिहेमा अभिषेक बच्चनको फ्यान पेजबाट एउटा भिडियो सेयर गरिएको छ, जहाँ उनले डिभोर्सको घोषणा गरेको देखिएको छ।

भिडियोमा उनले भनेका थिए, ‘यो जुलाईमा ऐश्वर्या र मैले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छौं। पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेन। तर, आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु।’

त्यो भाइरल भिडियोलाई एआईबाट सिर्जना गरिएको हो। अनि अभिषेक बच्चनले डिभोर्स सम्बन्धी एउटा पोस्टमा लाइक गर्नु आगोमा घ्यूको काम भयो। 

अभिषेकको उक्त डीपफेक भिडियो भाइरल भएपछि अभिषेकको यो अन्तरवार्ता आएको हो।

अभिषेक र ऐश्वर्याको विवाह सन् २००७ मा भएको थियो। यो विवाहबाट दम्पतीको एक छोरी आराध्या छिन्।

साउन २७, २०८१ सोमबार २०:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।