'ग्लोकल २०अन्डर२०'को घोषणा

'ग्लोकल २०अन्डर२०'को घोषणा

काठमाडौं : ग्लोकल टीन हिरो नेपाल १० औं संस्करणमा आवेदन दिने किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ। 

देशभरिबाट आएका ७०९ आवेदनबाट २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२० चयन गरिएको हो।

यस सुचीमा आदेश रेग्मी, आशिष पन्थी, आयुष्मान पुरी, आर्यन बस्नेत, आशिष बंजारा, घनश्याम विश्वकर्मा, ह्याङ्साम नेम्वाङ, कौशल निरौला, किशोर शाही, क्रिस्टिना खनाल, सनिश्चल भट्टराई, प्रशिम तिम्सिना, पूर्णिमा तिम्सिना, सजनी शर्मा, सौरभ बाँस्तोला, शक्ति केसी, श्रीजय सुवेदी, सिन्सिया केसी, सुगम पराजुली, र तुषार शाह छन्। 

यी किशोरकिशोरीहरूले विज्ञान, स्वास्थ्य कार्यकर्ता,उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान/अनुसन्धानजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।

उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुनेछ।  

साउन २७, २०८१ सोमबार २०:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।