संसदीय विशेष समितिले लियो पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ सुमेरू सहकारीका सदस्य सिंहसँग बयान

संसदीय विशेष समितिले लियो पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ सुमेरू सहकारीका सदस्य सिंहसँग बयान

काठमाडौं : संसदीय छानबिन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग बयान लिएको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँसमेत रहेका सिंहसँग सोधपुछ गरेको सभापति सूर्य बहादुर थापाले जानकारी दिए। 

उनले भने, ‘पहिले हामीले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहलाई समितिमा बोलाएर उहाँको सहकारीमा प्रतिबद्धता के हो र बचतकर्ताको बचत फिर्ता गर्नेगरी प्रतिबद्धता गर्नुभएको छ। त्यसबारे नै सोधपुछ गरेको छौं।’ 

उनले सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले सुमेरू बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको विषयमा सिंहसँग सोधपुछ गरेको पनि बताए। 

बयानका क्रममा सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएको सभापति थापाले बताए। 

त्यसक्रममा सिंहले आफूले पहिलोपटक यस्तो बयान दिएको बताएका थिए।

साउन २७, २०८१ सोमबार १९:४४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।