जसपा नेपालले ४ महिनामा ५ लाख सदस्य थप्ने

जसपा नेपालले ४ महिनामा ५ लाख सदस्य थप्ने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले भदौको पहिलो सातादेखि चार महिने अभियान चलाउने भएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेर सुरू हुने अभियानमा पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने उद्देश्य रहेको छ। 

ललितपुरको महालक्ष्मीस्थान–६ स्थित सानोगाउँमा जारी केन्द्रीय समिति बैठक अन्तर्गत सोमबार २१५ केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ।

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै अध्यक्ष यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरण अभियानमा होमिन निर्देशन दिए।

उनका अनुसार टोल, बुथ, गाउँ, नगर, पालिका, प्रदेश, संघीय निर्वाचन वा क्षेत्रमा केन्द्रित हुने छ।

केन्द्र र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले संगठन निर्माणमा जोड दिने निर्णय गरेको जसपा नेपालले जनाएको छ। 

साउन २७, २०८१ सोमबार १९:१९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।