माओवादी स्थायी कमिटीमा नेताहरूले भने 'पार्टीको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव छ'

माओवादी स्थायी कमिटीमा नेताहरूले भने 'पार्टीको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव छ'

काठमाडौं : माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताएका छन्। 

सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपश्चात उनले बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको बताए। 

उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने, हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो हाम्रा छलफल बहस दर्शन, विचार, राजनीतिक सिद्धान्तमा बढि केन्द्रित हुनुपर्यो भन्ने छ।’

उनले पार्टी नेतृत्वको विषयमा विधिगत छलफलतिर जानुपर्ने सुझाव आएको भन्दै सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने सबैले राखेको पनि बताए। 

उनले भने, ‘नेतृत्वको सवालमा त्यसको वैचारिक, राजनीतिक, सांगठनिक, विधिगत छलफलतिर जानुपर्छ भन्ने छ। सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति, त्यसको केन्द्रीकृत अभिव्यक्ति भनेको अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने कुरा पनि सबैले राख्नुभएको छ।’

त्यसअघि आइतबारको बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएको दिएका थिए। 

साउन २७, २०८१ सोमबार १८:४९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।