कांग्रेस बैठकमा प्रदीपले भने- ‘स्वास्थ्य बीमा रकम ५ लाख पुर्याउने कार्यक्रमलाई पार्टीले अपनत्व लिनुपर्यो’

कांग्रेस बैठकमा प्रदीपले भने- ‘स्वास्थ्य बीमा रकम ५ लाख पुर्याउने कार्यक्रमलाई पार्टीले अपनत्व लिनुपर्यो’

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरालाई ५ लाख पुर्याउने कार्यक्रमलाई पार्टीले अपनत्व लिनुपर्ने माग गरेका छन्।

सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिँदै केन्द्रीय समिति बैठकबाट निर्णयसमेत गर्नुपर्ने माग राखे। 

आइतबार मन्त्री पौडेलले ‘स्वास्थ्यजन्य सामग्री खरिद सम्बन्धी मापदण्ड’ सार्वजनिक गर्दै स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने कार्यक्रम अघि सारेका थिए। 

यसका लागि स्वास्थ्य बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने कार्ययोजनामा उल्लेख छ।

‘४० अर्ब हाराहारीमा बिमाका लागि स्रोत जुटाउन सकिन्छ। पार्टी मन्त्री हुँदा अघि बढेको यो कार्यक्रम सुधारका लागि पार्टीले अपनत्व लिनुपर्यो, केन्द्रीय समितिबाट निर्णय पनि गर्नुपर्यो,’ मन्त्री पौडेलले भने।  

साउन २८, २०८१ सोमबार १८:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।