वीरगन्जमा ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

वीरगन्जमा ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काठमाडौं : वीरगन्जमा आफ्नै ससुराकाे हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका-७ रामटोलका ६५ वर्षीय सिताराम सर्राफको हत्या आरोपमा उनका ज्वाइँ साजन सर्राफ पक्राउ परेका हुन्। 

पक्राउ परेका ३१ वर्षीय साजनले सोमबार दिउँसो ससुरामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। 

ज्वाइँको आक्रमणबाट गम्भीर घाइते भएका सितारामलाई तत्कालै उपचारका लागि नारायणी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरे।

घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले साजनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

साउन २७, २०८१ सोमबार १८:११:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।