कोरियाका पूर्वमन्त्रीसँगको भेटमा पर्यटन मन्त्री पाण्डेले हवाई भाडा घटाउन माग गरे

कोरियाका पूर्वमन्त्रीसँगको भेटमा पर्यटन मन्त्री पाण्डेले हवाई भाडा घटाउन माग गरे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री यु जिन रोंङबीच भेटवार्ता भएको छ।

सोमबार भएको भेटमा पर्यटनमन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औं वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। 

मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै नेपाल र कोरियाबीचको हवाई भाडा केही महंगो भएको विषयमा आम जनगुनासो रहेको भन्दै ध्यानाकर्षण गराए। 

उनले भने, ‘५० हजार भन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ। उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महंगो हुने गरेको गुनासो गर्नुहुन्छ। यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस्।’

नेपालमा कोरियाबाट वर्षेनी ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको बताउँदै कोरियाका पूर्वमन्त्री यु जिनले नेपाल कोरिया दुई मित्र देशबीचको मित्रवत् सम्बन्धको प्रशंसा गर्दै हवाई भाडा घटाउनका लागि कोरिया सरकारसँग पहल गर्ने बताए। 

उनले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तोसमेत दिए।  

साउन २७, २०८१ सोमबार १७:४०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।