एनसेलको नेटवर्कमा समस्या, प्राविधिक समस्या आएको कम्पनीको भनाई

एनसेलको नेटवर्कमा समस्या, प्राविधिक समस्या आएको कम्पनीको भनाई

काठमाडौँ : मोबाइल सेवा प्रदायक कम्पनीको एनसेलको नेटवर्कमा समस्या आएको छ। सोमबार दिउसोबाट एनसेलको नेटवर्कमा कल नलाग्ने लगायतका समस्या आएको हो।

कम्पनीका अनुसार साउन २८ मा दिउँसो ३:४८ बजेबाट कम्पनीले प्रवाह गर्दै आएको सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो। कम्पनीले अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्न तदारुकताका साथ काम भइरहेको जानकारी दिएको छ।

साउन २७, २०८१ सोमबार १७:३६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।