उद्योगमन्त्रीको चेतावनी : परिणाम आउने गरी काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ

उद्योगमन्त्रीको चेतावनी : परिणाम आउने गरी काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ

काठमाडौं : उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐनमा भएका समस्याहरूलाई प्राथमिकता दिएर समाधान गर्ने बताएका छन्। 

सोमबार काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै खाद्य वस्तुहरू सहज रुपमा उपलब्ध गराउनुपर्ने, सुपथ मूल्यलाई व्यवस्थित गर्नुपर्ने पनि औंल्याए। 

उनले भने, ‘सार्वजनिक खरिद ऐनमा अवरोध छ। विधिवत् रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरू उब्जिएकाले समाधान गर्नुपर्नेछ।’

उनले एउटा कुनै अमुक चीजलाई देखाइदिएर आफूले उन्मुक्ति पाउने कुरा स्वभाविक नहुने भएकाले सबैको निगरानी गरिने बताए।

मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए। 

उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने बताए।

साउन २७, २०८१ सोमबार १६:१२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।